आयुर्वेदिक औषधी उत्पादन गर्दै चौधरी समूह
चाउचाउ उत्पादनमा अग्रणी चौधरी गू्रपले दुई महिनाभित्रै आयुर्वेदिक औषधीको उत्पादन शुरु गर्ने भएको छ । गू्रपले नवलपरासीको चौधरी उद्योग ग्राममा अत्याधुनिक प्लान्टबाट विश्वस्तरीय आयुर्वेदिक औषधी उत्पादन थाल्ने भएको हो । ‘हामी दुई महिनाभित्रै आयुर्वेदिक औषधी उत्पादन शुरु गछौँ । उत्पादनको तयारी अन्तिम चरणमा छ’ गू्रपका निर्देशक वरुण चौधरीले नागरिकसँग भने ‘गुणस्तरीय आयुर्वेदिक नेपाली बजारमा ल्याउँछौँ ’। औषधी उत्पादनका लागि समूहले सिजी बायोटेक एन्ड आयुर्वेदा कम्पनी स्थापना गरेको छ ।