पत्रकार मित्रहरु,
चौधरी फाउण्डेसनद्वारा आयोजित यस पत्रकार सम्मेलनमा यहा“हरुलाई हार्दिक स्वागत छ ।
गत वैशाख १२ गतेको विनाशकारी भूकम्पबाट प्रभावित समुदायका लागि चौधरी फाउण्डेसनले ‘ट्रान्जिसनल होम’ निर्माण गरिरहेको बारेमा यहा“हरुलाई अवगत नै छ । साथै, भूकम्पले भत्काएका विद्यालय पुनस्र्थापनाको काम पनि अगाडि बढाइरहेको सम्बन्धमा पनि यहा“हरुलाई विदितै छ । भूकम्पपश्चात चौधरी फाउन्डेसनमार्फत सञ्चालित पुनर्निर्माणका यी पहलमा हालसम्म हासिल प्रगतिबारे जानकारी गराउने उदेश्यले यहा“हरुलाई आज यहा“ आमन्त्रण गरिएको हो । यस पहलमा मिडियाबाट प्राप्त उच्च सहयोगका लागि म तपाईहरुलाई बिशेष धन्यवाद दिन्छु ।