Media चौधरी फाउन्डेसनको तीन विद्यालयमा ‘डिजिटल क्लास रूम’

चौधरी फाउन्डेसनको तीन विद्यालयमा ‘डिजिटल क्लास रूम’

 

चौधरी फाउण्डेसनले तीन वटा विद्यालयमा ‘डिजिटल क्लास रूम’को अवधारणा कार्यान्वयनमा ल्याएको छ।

सूचना प्रविधिमा आधारित विश्वब्यापी अध्ययन तथा अध्यापनको पहु्ँचमा नेपाली बालबालिकालाई पुर्याउने सोचले यसलाई कार्यान्वयनमा ल्याइएको सिजीले जनाएको छ।

पहिलो चरणमा नवलपुरका शान्ति श्रृजना आधारभूत र कालिका आधारभूत विद्यालय तथा सिन्धुपाल्चोकको महाकाली माध्यमिक विद्यालयमा डिजिटल क्लास रुम कार्यान्वयमा आएको हो।

फाउन्डेसनका अध्यक्ष एवं सांसद विनोद चौधरीले नवलपुरका विद्यालयमा डिजिटल क्लास रूमको शनिवार छुट्टाछुट्टै उद्घाटन गरे।

यस परियोजना यसअन्तर्गत प्रत्येक विद्यालयले सात वटा ल्यापटप, चारवटा डेक्सटप, ३२ इन्चको एउटा एलजी टिभी र प्रोजेक्टर प्राप्त गरेका छन्। डिजिटल क्लास रूमको विस्तारमा पनि फाउन्डेसनले सहयोग गर्ने जनाएको छ।

सो अवसरमा चौधरीले विश्वमा साक्षरताको परिभाषा परिवर्तन भएको भन्दै कम्प्युटर शिक्षा र अंग्रेजी भाषाको ज्ञान भएको व्यक्तिलाई मात्रै साक्षर मान्ने प्रचलन विकास भएको बताए। विश्वब्यापी यस्तो वातावरणमा नेपाली बालबालिकाको भविष्य सुरक्षित बनाईदिन कम्प्युटर, इन्टरनेटका माध्यमद्वारा डिजिटल क्लासरूमहरू स्थापना जरुरी रहेको उनको भनाइ छ।

‘डिजिटल क्लास रूममार्फत् मात्रै विद्यार्थीहरूलाई विश्व बजारमा प्रतिस्पर्धी बनाउन सम्भव हुनेछ’, उनले भने 'शिक्षाको गुणस्तर सुधार्न यो अभियानलाई द्रुत गतिमा राष्ट्रब्यापी बनाउन आवस्यक छ।’

चौधरी ग्रुपका प्रवन्ध निर्देशक निर्वाण चौधरीले नेपाली बालबालिकालाई अन्तर्राष्ट्रिय शैक्षिक वातावरण प्रदान गर्ने लक्ष्यमा यो प्रारम्भिक पाइला भएको बताए।

डिजिटल क्लासरूम संचालन गरिएका विद्यालयसहित पाँच विद्यालयमा ‘वाटर फिल्ट्रेसन सिस्टम’द्वारा शुद्ध खानेपानीको व्यवस्था समेत मिलाइएको फाउन्डेसनले जनाएको छ।

फाउन्डेसनका अनुसार शान्ति श्रृजना आधारभूत विद्यालय, सकलादेवी माध्यमिक विद्यालय, नवजागरण आधारभूत विद्यालय, कालिका आधारभूत विद्यालय र राष्ट्रिय आधारभूत विद्यालयमा शुद्ध पानीको व्यवस्था मिलाइएको छ।

 

What do you want to do?

.