Media शिक्षामा थप एक अर्ब लगानी गर्दै चौधरी ग्रूप

शिक्षामा थप एक अर्ब लगानी गर्दै चौधरी ग्रूप

अभियान, पुस २६, काठमाडौं

चौधरी ग्रूपले शिक्षमा थप एक अर्व लगानी गर्ने भएको छ । उत्पादन क्षेत्रमा आफ्नो पहिचान बनाईसकेको चौधरी समूहले शिक्षा  क्षेत्रलाई थप गुणस्तरीयअन्तर्राष्ट्रीयरुपमा प्रतिस्पर्धी बनाउनका निमित्त थप लगानी गर्ने भएको हो । 
 
 
उक्त लगानी मार्फत आगामी पाँच बर्षमा थप १२ वटा शैक्षिक संस्था संचालनमा ल्याउने तयारी गरिरहेको सीजि एडुकेशनका प्रमुख भुषण गुरुङले बताएबि सं २०५३ वाट चाँदवाग  बिद्यालय स्थापना गरेर शैक्षिक क्षेत्रमा हात हालेको यो ग्रुपले अहिले आठ वटा शैक्षिक संस्था संचालन गरिहेको छ । ५ बर्षभित्र आफ्ना शैक्षिक संस्था मार्फत करीब १० हजार बिद्यार्थीलाई गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यका साथ समूहले तिव्र गृहकार्य गरिरहेको उनले जानकारी दिए ।
सीजि एडुकेशन अन्र्तगत किन्डरगार्डेन देखि पोष्ट ग्राजुएट (केजी टु पीजि) सम्मको पढाई संचालन गर्ने लक्ष्यका साथ काम भईरहेको गुरुङले बताएबन्द, हड्तालआन्दोलनका रापले स्वदेशको शैक्षिक क्षेत्र अस्तव्यस्त भएको समयमा सीजिले शिक्षामा लगानीको शुरुवात गरेको उनले जानकारी दिए । उनले भने, ‘विश्वस्तरीय जनशक्ति उत्पादन गर्ने अठोटका साथ सीजि यस क्षेत्रमा आएको हो ।’ आगामीबर्षभित्र सीजि एडुकेशनले आधुनिक प्रविधीलाई विशेष जोड दिने उनको भनाई छ । त्यसका लागि भोकेशनल शिक्षा तथा सुचना प्रविधीसँग सम्बन्धित कलेज तथा स्कूल संचालन गरिने उनले बताएनेपालमा राजधानी केन्द्रित शैक्षिक संस्था बढिरहेको अवस्थामा सीजिले मोफसलमा स्कूल, कलेज स्थापना गर्ने योजना बनाएको उनले बताए
‘कुन ठाउँमा के खोल्ने भन्ने योजना बनाउँदै छौ’, उनले भने, ‘विशेष गरि मोफसलका बजारहरुमा नयाँ स्कूल, कलेज खोल्नेछौ ।’ त्यस अन्र्तगत पोखराबिराटनगरका लागि गृहकार्य शुरु भईसकेको समेत उनले जानकारी दिए ।
गुणस्तरीय शिक्षाका लागि हजारौ विद्यार्थी बिदेशीने गरेको अहिलेको अवस्थामा त्यसलाई रोक्न चौधरी ग्रुपले शिक्षामा लगानी थप गरेको उनले बताएअहिलेका  विद्यार्थीले खोजेजस्तै सेवा प्रदान गर्ने उद्देश्यका साथ विश्वका ख्यातीप्राप्त शैक्षिक संस्थासँग समन्वय गरेर अगाडी बढ्ने उनले बताए । ‘ हामीले अन्र्तराष्ट्रीय स्तरको शिक्षा दिनका लागि नेपाली मात्र नभई विदेशी शैक्षिक संस्थासँग सम्बन्धन लिएका छौ’, उनले भने ‘ साथै त्यहिको पाठ्यक्रमलाई समेत प्रयोग गर्दै नेपालको माटो सुहाउँदो शिक्षा दिदै आएका छौं ।’
चौधरी एडुकेशन अन्र्तगतको पहिलो शैक्षिक संस्था चाँदवाग स्कूलमा स्वदेशी पाठ्यक्रम मै आधारित रहेर पढाई हुने गरेको उनले अभियानलाई बताए । सीजि अन्र्तगतका  दुई ओटा शैक्षिक संस्थामा भारतको दिल्लीमा रहेको माध्यामिक शिक्षा केन्द्रिय बोर्ड सँगको सम्बन्धनमा पढाई हुने गरेको छ । साथै विश्वभरि नै  फैलिएका विश्वविद्यालय मणिपाल र क्याम्ब्रिजसँगको समन्वय मार्फत पनि शिक्षा सेवा प्रदान गर्दै आएको छ ।
हाल सीजि ग्रुप अन्र्तगत चाँदवाग नामबाट चाँदवाग स्कूल एसएलसी सम्म,  चाँदवाग स्कूल (सीबिएसई) र चाँदवाग प्री स्कूल संचालित छन् । चाँदवाग सीबिएसई भनेको सेन्ट्रल बोर्ड अफ सेकेण्डरी अन्र्तगतको स्कूल हो । त्यस्तै चाँदवाग प्री स्कूलमा मन्टेश्वरी प्रणालीमा पढाई हुने गरेको छ । साथै सेन्ट्रल बोर्ड अफ  सेकेण्डरी एडुकेशन अन्र्तगत वीरगन्जमा दिल्ली पब्लिक स्कूल संचालन गरिरहेको उनले जानकारी दिए । सीजि एडुकेशनले भारतको मणिपाल विश्वविद्यालयको सिक्किमस्थित शाखा मणिपाल के–१२ एजुकेशन प्रा लिसँगको सहकार्यमा चारवटा शैक्षिक संस्था मार्फत शिशु देखि पोष्ट ग्राजुएटसम्मको पढाई संचालन गरिरहेको छ । त्यसमा क्याम्पियन स्कूल, क्याम्पियन कलेज, क्याम्पियन एकेडेमि र क्याम्पियन काठमाडौं रहेका छन् । त्यस्तै सियुजी पोलिटेक्निक मार्फत नवलपरासी स्थित गंगादेवी चौधरी उद्योग ग्राम परिसरमा व्यावसायिक प्राविधिक शिक्षा संचालन गर्दै आएको छ । सीजिले आफ्ना शैक्षिक संस्थामा पियरशन एडुकेशन वैंग्लोरसँगको सहकार्यमा आधुनिक शैक्षिक प्रविधि डिजी मार्फत पनि कक्षा संचालन गरिरहेको उनले जानकारी दिए । डिजी मार्फत शिक्षाको परम्परागत ढाँचालाई अहिलेको प्रविधियुक्त ढाँचामा रुपान्तरण गर्न आफ्नो संस्था लागेको गुरुङले बताए ।  
 

What do you want to do?

.