Media
News

शाश्वत धाममा बसन्त महोत्सव सुरु

नवलपरासीको शाश्वत धाममा ३५ औं बसन्त महोत्सव सुरु भएको छ । धर्मो रक्षति रक्षित (धर्मको रक्षा गरे धर्मले हामलाई रक्षा गर्छ) भन्ने मुलमन्त्रलाई आत्मसाथ गर्दै शाश्वत धाममा बसन्त महोत्सव सुरु भएको हो ।

भारतको राजस्थानस्थित झुन्झुनु मन्दिरमा रहेकी राणीसती जादीजीको मूर्ति ल्याएर यहाको शाश्वत धाममा विधिवत् पूजाअर्चना सुरु गरिएको हो । यसलाई विभिन्न स्थानमा उत्सवका रूपमा मनाउने प्रचलनअनुसार यो वर्ष शाश्वत धाममा महोत्सवका रूपमा मनाइने भएको हो । बिहीबार बिहान भरतपुरबाट गैंडाकोटसम्म बिभिन्न झाँकी, बाजागाजा हात्ती, घोडासहितको कलश यात्रा गैडाकोटसम्म आएको थियो । कलश यात्रामा राणीसतीजीका अनुयायी र सर्वसाधारणको सहभागिता थियो । महोत्सवका लागि २ हजार भारतीय भत्तजनहरू आएका थिए भने त्यतिकै संख्यामा नेपालीहरूको पनि सहभागिता थियो ।

 

खर्बपति बिनोद चौधरी एक्लैले ४२ दिनसम्मको सबै सरकारी खर्च धान्न सक्ने

क्लिकमान्डु २०७४ फागुन २ गते १६:३२ मा प्रकाशित

काठमाडौं । संसारका अर्बपतिको सम्पत्तिले सरकारी खर्च कति दिनसम्म चल्न सक्ला ? त्यो सबैलाई कौतुहलताको विषय हो ।

ब्लूमर्गले ४९ देशका अर्बपतिको सम्पत्तिबाट उनीहरुको सरकार कति दिनसम्म चल्नसक्छ भन्ने एउटा सर्वेक्षण सार्वजनिक गरेको छ ।

जसमा संसारकै धनी व्यक्ति जेफ बेजोसको सम्पत्तिले अमेरिकी सरकारले गर्ने ५ दिनको खर्च धान्न सक्ने ब्लुमवर्गको रिपोर्टमा उल्लेख छ । त्यसैगरी, चीनका सबैभन्दा धनी व्यक्ति ज्याक माको सम्पत्तिबाट चीन सरकारको ४ दिनको सबै खर्च चल्न सक्छ ।

भारतका सबैभन्दा धनी व्यक्ति मुकेश अम्बानीको सम्पत्तिबाट भारत सरकारले आफ्नो खर्च २० दिन धान्न सक्ने रिपोर्टमा उल्लेख छ ।

सर्वेमा नेपाल र नेपालका एकमात्र डलर अर्बपति विनोद चौधरी भने समावेश गरिएको छैन । हामीले विनोद चौधरीसँग भएको अहिलेको सम्पत्ति र यो वर्ष सरकारले ल्याएको बजेट र खर्च गर्ने आधारमा उनको सम्पत्तिले नेपाल सरकारको कति दिनको खर्च धान्छ भनेर हेरेका     थियौं ।

यसरी हेर्दा चौधरीको सम्पत्तिले मात्र नेपाल सरकारले ४२ दिनसम्मको खर्च धान्न सक्ने देखिएको छ ।

 

शाश्वत धाममा बुद्धिष्ट सेन्टर स्थापना हुने

क्लिकमान्डु २०७४ माघ २९ गते १६:४५ मा प्रकाशित

काठमाडौं । नेपालको प्रतिष्ठित धार्मिक सम्पदाका रुपमा स्थापित नवलपरासीको शाश्वत धाममा ‘बुद्धिष्ट सेन्टर’ स्थापना हुने भएको छ । आगामी वैशाख पुर्णिमाका दिन उद्घाटन गरिने उक्त सेन्टर निर्माणको काम अहिले तीब्र गतिमा भइरहेको चौधरी समूहका कर्पोरेट कम्युनिकेशन विभाग प्रमुख मधुसुदन पौडेलले जानकारी दिए ।

पौडेलका अनुसार सोमबार शाश्वत धाम परिसरमा आकर्षक स्वरूपमा स्थापना गरिएको भगवान गौतम बुद्धको मूर्तिमा प्राणप्रतिष्ठा सम्पन्न भएको छ । बौद्ध धर्मका ९ जना गुरूहरुले विधिवत पूजा अर्चना गरि प्राणप्रतिष्ठा सम्पन्न गरिएको हो

 

जिन्दगी तासजस्तै हो : चौधरी

फोब्र्सले विश्वका अर्बपतिको सूची सार्वजनिक गर्दा विनोद चौधरीको बारेमा लेखेको छ– विनोद कहिल्यै विश्वविद्यालय गएनन्, जो नेपालका खर्बपति हुन् । अरूले जस्तै गाउनमा सजिएर उनले उच्च शिक्षा पूरा गरेको प्रमाण–पत्र लिन पाएनन् । 

जतिखेर उनले ‘कपर फ्लोर’ नामको डिस्को खोले भर्खर १८ वर्ष टेकेका थिए । उनका बाबुलाई ‘हर्ट अट्याक’ भएपछि विनोदले पारिवारिक बिजनेसको जिम्मेवारी बोक्नुपर्याे । त्यसपछि उनले एकपछि अर्को सपना देख्न थाले । विराटनगरमा पशुपति बिस्कुट र महालक्ष्मी मैदा मिललाई उनले व्यावसायिक ढंगले अगाडि बढाए । एक दिन उनले अलि फरक सपना देखे, नेपालमा नुडल्स फ्याक्ट्री स्थापना गर्ने । त्यतिबेला नेपालमा नुडल्सका उपभोक्ता एकदमै कम थिए । ‘वाईवाई’ नामको नुडल्स फ्याक्ट्री खोले । ‘वाईवाई’ यति लोकप्रिय बन्दै गयो कि अहिलेको विश्व नुडल्स बजारमा दुई प्रतिशतको हिस्सा यसैले ओगटेको छ । विश्वका ३२ देशमा यसका उपभोक्ता छन् ।

 

What do you want to do?

.